काठमाडौं, असार ११ । अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौँ महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने उल्लेख गरेको हो ।
यात्रु ओसारपसार गर्ने रिक्सा बाहेकका दुई पांग्रे सवारी साधनहरु आवद्ध प्रणाली सञ्चालकबाट प्रति सवारी साधन मासिक १ सयका दरले साना सवारी साधन कर दर्ता/नविकरण गरी असुल गरिने उल्लेख छ ।
यससँगै पठाओ, इन्ड्राइभका प्रति राइडरबाट सम्बन्धित राइड सेयरिङ कम्पनीले कर तिर्नु पर्ने भएको हो ।
