Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

तथ्याङ्कमा आधारित मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

तथ्याङ्कमा आधारित मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

अर्थ प्लस
तथ्याङ्कमा आधारित मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौं, असार ११ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति तथ्याङ्कमा आधारित भएर ल्याउने बताएका छन् । गभर्नर अधिकारीले सेजन नामक संस्थाले आयोजना गरेको मौद्रिक नीतिपूर्वको छलफल कार्यक्रममा बोल्दै ठूला ऋण लिएकाहरुले आफू अनुकूल मौद्रिक नीति जारी होस् भनेर विभिन्न खालका दवावहरु आइरहेको बताउँदै कुनै प्रकारको दवावबाट प्रभावित नभई मौद्रिक नीति जारी हुने बताए ।

चालु पुँजि कर्जामा कुनै समस्या नभएको बताउँदै लामो समय रहनसक्ने व्यवसायीहरुका लागि राष्ट्र बैंकले सहुलियत नै दिएको छ । चालु पुँजि कर्जामा विरोधका लागि विरोध मात्रैले अब काम नहुने बताए ।

राष्ट्र बैंकले गरेको प्रभावकारी नियमनकै कारण नेपालको बैंकिङ क्षेत्र सक्षम र बलियो रहेको बताउँदै आगामी दिनमा ग्राहकको हित संरक्षणको लागि समेत केन्द्रीय बैंकले काम गर्ने बताए ।

सम्बन्धित समाचार