Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

अर्थ प्लस
तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

काठमाडौं, असार ११ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कसैले पनि मौद्रिक नीति लचिलो आउँदैछ भनेर भविष्यवाणी नगर्न सुझाव दिएका छन् । साथै उनले केन्द्रीय बैंकले जहिल्यै पनि तथ्यांक र तथ्यमा आधारित भएर मौद्रिक नीति ल्याउने गरेको बताए ।

नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति स्वाभाविक रूपमा कडा हुने बताएका छन् ।

‘अहिले बजारमा अपेक्षा सुन्दा निजी समस्यालाई जनरलाइज गरेको देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकका आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाई पनि ऋणमा डुबाउने होइन, धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।’

चालू पूँजीकर्जा मार्गदर्शनसँग सम्बन्धित नीतिले कुनै पनि व्यक्तिलाई ऋण लिन नरोक्ने उनले बताए । यसमा निजी क्षेत्रले अझै राम्रोसँग नबुझेकाले बुझाउनु आवश्यक रहेको उनको भनाइ छ ।

‘विरोधका लागि विरोध होइन, जहाँ समस्या छ, राष्ट्र बैंकमा आउनुस्, समस्या समाधानमा हामी तत्पर छौं,’ गभर्नर अधिकारीले भने, ‘बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने गुनासो यो फोरममा सुनियो, यो ठूलो बैंकिङ अपराध हो । केन्द्रीय बैंकका लागि यो गम्भीर विषय हो । प्रमाण सहित ल्याउनुस्, नभए फोरम पाएँ भन्दैमा जे पनि बोल्न पाइन्न।’

गभर्नर अधिकारीका अनुसार बैंकरलाई सजिलो छ । जहाँ नाफा छ त्यहीँ लगानी गर्छ, तर राज्यको उद्देश्य त्यो होइन । राज्यले साना उद्योग र साना ऋणीलाई संरक्षण गर्नुपर्छ ।

‘नियमन हुँदैमा आत्तिनु पर्दैन, सहकारीको समस्या नियमन अभावले नै आएको हो । नियमनले प्रणाली जोगाएको छ । विश्वास जोगाएको छ । नियमन आवश्यक छ, हामी त्यही अनुसार गरिरहेका छौं । मौद्रिक नीतिको तयारीका क्रममा हामी सुझावहरूलाई सम्बोधन गर्ने छौं’, उनले भने ।

 

सम्बन्धित समाचार