Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

उद्योग दर्ता संख्या बढ्यो,३५९ परियोजनाबाट ४४ अर्ब ३४ करोड लगानी प्रतिबद्धता

उद्योग दर्ता संख्या बढ्यो,३५९ परियोजनाबाट ४४ अर्ब ३४ करोड लगानी प्रतिबद्धता

अर्थ प्लस
उद्योग दर्ता संख्या बढ्यो,३५९ परियोजनाबाट ४४ अर्ब ३४ करोड लगानी प्रतिबद्धता

काठमाडौँ, असार १८ । मुलुकमा उद्योग सञ्चालन हुने क्रम बढेको छ । उद्योग विभागका अनुसार साना तथा मझौला उद्योग दर्ता हुने क्रम बढेको हो । 

विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/ ०८१ को साउनदेखि जेठ महिनासम्ममा ३८५ वटा उद्योग दर्ता भई २ खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । दर्ता भएका उक्त  उद्योगहरु सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान छ ।

उद्योग विभागको विवरण अनुसार चालू आवको उक्त अवधिसम्ममा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालू आवमा २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् ।

यस्तै पाँच वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । यस्तै ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा उक्त अवधिमै ५० वटा दर्ता भएका छन् ।

यस्तै ११ महिनामा ३५९ परियोजनामार्फत ४४ अर्ब ३४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।प्रस्तावित विदेशी लगानीबाट सञ्चालित परियोजनाबाट १७ हजार ६४२ जनाले रोजगारी पाउने अनुमान छ ।

चालू आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रतर्फ ११४,  पर्यटन मूलक उद्योगतर्फ१७६, उत्पादनमूलक क्षेत्रतर्फ ४०, सूचना प्रविधिमूलक क्षेत्रतर्फा १०, पूर्वाधारमूलक उद्योगतर्फ ७ , कृषिजन्य उद्योगतर्फ ८,  खनिजजन्यतर्फ ३ र ऊर्जातर्फ एक ओटा आएको छ ।

 

सम्बन्धित समाचार