Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

अर्थ प्लस
कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

काठमाडौँ, असार २१ । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने पुनले विश्वास व्यक्त गरे । सरकारले २०८१/२०८२ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिए पनि नीति नफेरिने उनको भनाइ छ ।

‘कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको छ । यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ’ अर्थमन्त्री पुनले भने, ‘कृषक र उद्यमी साथीहरूलाई यसले संरक्षण गर्छ, प्रतिस्पर्धी बनाउँछ ।’

नीतिगत स्थायित्व भए मात्रै देश विकास हुने अर्थमन्त्री पुनले बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरूमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए ।

उनले भने, ‘यो वर्ष हामीले पाँच वटा रुपान्तरण क्षेत्र मध्य आईटी क्षेत्रलाई अगाडि सारेका छौं । आईटी क्षेत्र गएको वर्ष ६६ अर्वको निर्यात भयो । यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुन्छ आईटी क्षेत्रको सेवा ।’ उनले कृषि औद्योगिकरणमा गएपनि कृषि क्षेत्रको सेवाबाट औद्योगिकरणमा जाने बाटो सहज नभएको उनको भनाई छ । अर्थमन्त्री पुनले उत्पादनपछिको अनुदान व्यवहारिक हुने भन्दै विगतका अनुदान नीतिहरुको सदुपयोग नभएको धारणा राखे ।

सम्बन्धित समाचार