Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

१ लाख २३ हजार ६५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

१ लाख २३ हजार ६५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

अर्थ प्लस
१ लाख २३ हजार ६५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

काठमाडौँ, असार २६ । २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई प्रवाह भएको ९२ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५
महिला उद्यमीलाई प्रवाह भएको४० अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय २९ ऋणीको १ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।

सम्बन्धित समाचार