Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छः गभर्नर

आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छः गभर्नर

अर्थ प्लस
आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छः गभर्नर

काठमाडौँ, असार २७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन्।

बिहीबार इकोनोमिक मिडिया एसोसिएसन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो जिकिर गरेका हुन्।

उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए।

बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने उनकाे भनाइ थियाे।

उनले भने "राष्ट्र बैंकले गर्न सक्ने नीतिहरुमा सीमाभित्र रहेर गर्छौं। मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको अवस्था छ। अन्य केही क्षेत्रमा उत्साहजनक वृद्धि छ। होटल, ऊर्जा क्षेत्र राम्रो छ। समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राखेर बस्नुपर्ने अवस्था छैन।"

उनले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए। मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको उनकाे भनाइ थियाे।

"मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने राष्ट्र बैंकको बेसिक कन्सन नै हो। कुनै व्यवसायलाई असर पर्ने नीति ल्याउने अवस्था हुन सक्दैन। बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लागुन्।" उनले भने।

 

सम्बन्धित समाचार