Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शेयर बजार जुवाघर हैन, अबको सरकारले अर्थतन्त्रको ऐना रुपमा हेर्छः अर्थमन्त्री पौडेल

शेयर बजार जुवाघर हैन, अबको सरकारले अर्थतन्त्रको ऐना रुपमा हेर्छः अर्थमन्त्री पौडेल

अर्थ प्लस
शेयर बजार जुवाघर हैन, अबको सरकारले अर्थतन्त्रको ऐना रुपमा हेर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ, असार ३१ । नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै पौडेलले पुँजी बजार जुवाघर नभएर अर्थतन्त्रको मुख्य ऐना रहेको बताएका हुन् ।

उनले बजारलाई जुवाघर भन्नेहरुका कारण केहि समस्या आएको बताए । उनले भने, ‘पछिल्ला केहि समय शेयर बजारलाई जुवा घर हो भन्नेहरुको जमानत बढी रहेको छ । शेयर बजार जुवाघर होइन । यो त देशको अर्थमन्त्रीको एक मुख्य ऐना हो ।’

पौडेलले शेयर बजारलाई सन्तलित तरिकाले सकारात्मक बनाउँदै लैजाने बताए । शेयर बजारको विकास र र विस्तारका लागि सरकार आवश्यक रणनीतिहरु बनाइ कार्यान्वयन गर्ने प्रतिवद्धता छु । देखिएका चुनौति समाधान गर्दै अघि बढ्छौं’ पौडेलले भने ।

सम्बन्धित समाचार