Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब तरलता खिच्दै

अर्थ प्लस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब तरलता खिच्दै

काठमाडौँ, साउन २ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।

स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको हो ।

केन्द्रीय बैंकले २१ दिन अवधिको लागि उक्त रकम बराबरको तरलता खिच्ने छ ।उक्त निक्षेप संलकन उपकरणको ब्याजदर अपराह्न ३ बजे  बोलकबोलबाट तय हुनेछ ।

आगामी साउन २३ गते उक्त रकमको साँवा तथा ब्याज भुक्तानी गरिने सूचनामा उल्लेख छ।नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा बढी भएको ३ खर्ब ७३ अर्ब तरलता खिचिएको छ । नेपाल राष्ट्र बैंकको असार ३०गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ८२अर्ब पुग्दा कुल कर्जा ५१ खर्ब ६० अर्ब पुगेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.६१ प्रतिशतमा झरेको छ । यस्तै अन्तर बैंक ब्याजदर पनि २.९३ प्रतिशत छ ।

सम्बन्धित समाचार