Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ, निजी क्षेत्र आशावादी हुनुहोस्ः अर्थमन्त्री

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ, निजी क्षेत्र आशावादी हुनुहोस्ः अर्थमन्त्री

अर्थ प्लस
अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ, निजी क्षेत्र आशावादी हुनुहोस्ः अर्थमन्त्री

काठमाडौँ, साउन ३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसङ्घ आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए ।

“प्रधानमन्त्री चौँथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनुभएको होइन । समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौँ”, अर्थमन्त्री पौडेलले भने, “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।” उनले समस्या मात्र नभइ समाधानका लागि निजी क्षेत्रसँगसँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत बताए ।

परिसङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार