Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालको सार्वजनिक ऋण करिव साढे २४ खर्ब, एक नेपालीको भागमा ८३ हजार

नेपालको सार्वजनिक ऋण करिव साढे २४ खर्ब, एक नेपालीको भागमा ८३ हजार

अर्थ प्लस
नेपालको सार्वजनिक ऋण करिव साढे २४ खर्ब, एक नेपालीको भागमा ८३ हजार

काठमाडौँ, साउन ५ । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले शुक्रबार मंगलार सार्वजनिक गरेको तथ्थांकले उक्त विवरण देखाएको हो । उक्त सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउदा एक नेपालीको भागमा ८३ हजार रुपैयाँ पर्न गएको छ ।

सार्वजनिक ऋण असारमा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ थपिएको छ । सार्वजनिक ऋणको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.६५ प्रतिशत पुगेको हो । कुल ऋणमध्ये ११ खर्ब ८० अर्ब ९० करोड आन्तिरक र १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँ बाह्य ऋण हो।

थपिंदो ऋणले सरकारमाथि दायित्व पनि बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुँजीगत खर्चभन्दा ठूलो रकम साँवा ब्याज भुक्तानीमै खर्च हुन थालेको छ।

सरकारले पोहोर ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विकास खर्च विनियोजन गरेकामा ६० प्रतिशत मात्रै खर्च गर्न सकेको थियो। जबकि ऋणको साँवा तथा ब्याज भुक्तानीमा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ।

 

सम्बन्धित समाचार