Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

अर्थ प्लस
अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

काठमाडौँ, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलिले अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताएका छन् । आज प्रतिनिभि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रकोऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी लगानीकर्ता भएको शेयर बजार पछिल्लो दुई सातामा चार सय अकंले बढेको छ । नेप्से परिसूचक २७ महिना यता कै उच्च भइरहेको छ ।’

शेयर बजारमा आएको रौनकले आम जनताले सरकारप्रति गरेको विश्वास देखिएको ओलिले बताए । ‘शेयर बजारमा आएको सुधारले हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरौसाको इमान हो’ उनले भने ।

अब शेयर बजार मात्र नभइ सबै क्षेत्र चलयमान हुने ओलिले बताए । संगो देश चलयमान हुने र त्यो अनुभव आफुसँग रहेको उनले बताए ।

सम्बन्धित समाचार