Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य, क्रेडिट स्वचालन प्रणालीको शुरूवात

एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य, क्रेडिट स्वचालन प्रणालीको शुरूवात

अर्थ प्लस
एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य, क्रेडिट स्वचालन प्रणालीको शुरूवात

काठमाडौँ, साउन ८ । एभरेष्ट बैंक लिमिटेडले एसबी सोलुसन्ससँग सहकार्य गर्दै क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ ।

उक्त प्रणाली लागू गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट सिईओ सञ्जोग मिश्राले हस्ताक्षर गरेका हुन् ।

प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्नेछ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन्, साथै ग्राहकसम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुने बैंकले जनाएको छ ।

एसबी सोलुसन्स फिनटेक र बैंकिङ उत्पादनहरू र प्रक्रियाहरूको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ । यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ ।

हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एसबी सोलुसन्सद्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार