Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा विशेष छुट

अर्थ प्लस
कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा विशेष छुट

काठमाडौं, साउन १६  कुमारी बैंक लिमिटेड र गोल्फूटार काठमाडौँ स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयरबीच बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार