Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पर्यटकको आगमनमा वृद्धि,विभिन्न मुलुकबाट भित्रिए ६५ हजार पर्यटक

पर्यटकको आगमनमा वृद्धि,विभिन्न मुलुकबाट भित्रिए ६५ हजार पर्यटक

अर्थ प्लस
पर्यटकको आगमनमा वृद्धि,विभिन्न मुलुकबाट भित्रिए ६५ हजार पर्यटक

काठमाडौं, साउन १७ नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन शुरु गरेको एक तथ्यांकले देखाएको छ । सन् २०२४ को जुलाई महिनामा मात्रै विभिन्न मुलुकबाट ६५ हजार पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सार्क मुलुकबाट मात्रै २७ हजार २१२ पर्यटक नेपाल भित्रिएका छन् ।  

त्यस्तै एशियन मुलुकबाट ११ हजार ९०१, यूरोपीयन मुलुकबाट ९ हजार २८० पर्यटक नेपाल भित्रिएका छन् ।  त्यस्तै,भारत, चीन,बंगलादेश, जापान, यूके, यूसए, क्यान्डा र  साउथ कोरियाबाट बढि मात्रामा पर्यटक नेपाल आएका छन् ।   

एक महिनामा भारतबाट २१ हजार ४९१ पर्यटन आएका छन् ।

सम्बन्धित समाचार