Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

राजस्वमा वृद्धि: यस वर्षको पहिलो महिना साउनमै ९४ अर्ब ७४ करोड रुपैयाँ संकलन

राजस्वमा वृद्धि: यस वर्षको पहिलो महिना साउनमै ९४ अर्ब ७४ करोड रुपैयाँ संकलन

अर्थ प्लस
राजस्वमा वृद्धि: यस वर्षको पहिलो महिना साउनमै ९४ अर्ब ७४ करोड रुपैयाँ संकलन

काठमाडौं, १ भदौ । राजस्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ। यस वर्षको पहिलो महिना साउनमै ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व संकलन भएको हो।

चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो। एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ ८ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ।

त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर  विनियोजन गरेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ। कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख बराबर उठाउने लक्ष्य छ। चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन।

साउन महिनाको कुल सङ्कलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड छ। पछिल्ला दुई आर्थिक वर्षमा राजस्व वृद्धिदरमा आएको गिरावटलाई पछाडि पार्दै यस वर्षको पहिलो महिना साउनमै सुधारको संकेत देखा परेको हो।

सम्बन्धित समाचार