Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकार स्थिर नीति बनाउन प्रतिबद्धः अर्थमन्त्री

सरकार स्थिर नीति बनाउन प्रतिबद्धः अर्थमन्त्री

अर्थ प्लस
सरकार स्थिर नीति बनाउन प्रतिबद्धः अर्थमन्त्री

काठमाडौं, भदौ ११ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पछिल्लो सरकार स्थिर नीति बनाउने सरकार भएको बताएका छन । मंगलबार काठमाण्डौको भृकुटीमण्डपमामा सुरु भएको १६औं सस्करणको नाडा अटो शो २०२४ को उदघाटन समारोहमा अर्थमन्त्री  पौडेलले यस्तो बताएका हुन ।  

कार्यक्रममा सरकारले स्थिर नीति अपनाउनुपर्ने सुझावलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अहिलेको सरकार हालसम्मकै स्थिर नीति बनाउने सरकार रहेको बताए । ‘राज्यले अटो व्यवसायीलाई कहिले दुख दिने छैन । पोलिसीको मामलामा सरकार सधैं सकारात्मक छ,’ उनले भने, ‘भाषण भन्दा काममा बढी जोड दिनुपर्ने कुरामा म मान्यता राख्छु । सरकार नितिगत स्थितरताको बलियो आधार हो ।’

साथै मौद्रिक नीति भने जस्तो नभए पनि केही हदसम्म सबै क्षेत्रलाई सम्बोधन गरेको बताए अर्थमन्त्री पौडेलले बताए ।  ूसरकारले अर्थतन्त्र चलायमान बनाउने गरि नीति लिएको छ । अटोमोबाइल्स देखि उत्पादनमूलक जस्ता सबै क्षेत्रलाई सम्बोधन हुनेगरी सरकारले नीति लिएको छ ।ू उनले भने, ‘नाडा अटो मोबाइल्सले देशको अर्थतन्त्रमा योगदान दिएको क्षेत्र छ र राजश्वमा पनि महत्त्वपूर्ण योगदान दिएको छ, यसकारण सरकारको यस्तो क्षेत्रलाई सधैं सपोर्ट हुनेछ ।’

अर्थमन्त्री पौडेलले अटो व्यबसायीहरुलाई ईमानदार व्यवसायी बन्न समेत सुझाब दिए ।  

ूहिजोका समस्याबाट आक्रान्त नबन्नुहोस । कसैले दुःख दिए सिधै मन्त्रीलाई भन्नुहोसू उनले भने, ‘यो सरकार संसदले बनाउने उत्कृष्ठ र स्थिर सरकार हो । यसकारण नितीगत अस्थिरता भन्ने हुदैन । हामी ईभीमा एथेष्ठ अध्यायन गरेर  परिमार्जन गर्छौँ ।’

अटो मोवाइल व्यबसायी संघले नेपाली अटो क्षेत्र ट्रेडिङबाट इन्ड्रस्ट्रीतर्फ उन्मुख भएको कुरालाई समेत अर्थमन्त्री पौडेलले समर्थन ब्यक्त गरे । नेपाली अटो क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने अर्थमन्त्री पौडेलले बताए ।

सम्बन्धित समाचार