Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

अर्थ प्लस
आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौँ, भदौ १२ । बजारमा अधिक तरलताको समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।  

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ ।  

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ । 

सम्बन्धित समाचार