Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारले सेयर बजारबाट एकै महिनामा उठायो ४.२४ अर्ब राजश्व

सरकारले सेयर बजारबाट एकै महिनामा उठायो ४.२४ अर्ब राजश्व

अर्थ प्लस
सरकारले सेयर बजारबाट एकै महिनामा उठायो ४.२४ अर्ब राजश्व

काठमाडौँ, भदौ १२ । चालु आर्थिक वर्षको पहिलो महिनामा नै सरकारले सेयर बजारबाट ४ अर्र्ब २४ करोड राजश्व उठाएको छ । एक महिनाको अवधिमा बजार एक हजार अंकले बढ्दा लगानीकर्ताहरुले सरकारलाई ४ अर्ब बढीको राजश्व तिरेका हुन् ।  

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९÷८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  

आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

सरकारले पूँँजीबजारबाट आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड र आर्थिक वर्ष २०७७/७८ मा भने सरकारले १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो । त्यस वर्ष सेयर बजार हालसम्मै उच्च विन्दु ३२ सय विन्दु पुगेको थियो । त्यस वर्ष एकै दिन २१ अर्बमाथिको कारोबार भएको थियो ।  

सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालिन लगानीकर्ताले बढी पूँजीगत कर तिरेका हुन्छन् । अल्पकालिन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

सम्बन्धित समाचार