Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तरलता अनुसार बढ्न सकेन कर्जा, बैंकमा थुप्रियो पैसा, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

तरलता अनुसार बढ्न सकेन कर्जा, बैंकमा थुप्रियो पैसा, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ प्लस
तरलता अनुसार बढ्न सकेन कर्जा, बैंकमा थुप्रियो पैसा, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ , भदौ १९ । चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले बुधबार तरलता खिच्ने भएको छ । 

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

२१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । 

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । जसको साँवा र ब्याज भुक्तानी आगामी ९ असोजमा हुनेछ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ १६ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने ५१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार