Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल बन्छ: अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल बन्छ: अर्थमन्त्री पौडेल

अर्थ प्लस
क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल बन्छ: अर्थमन्त्री पौडेल

काठमाडौं , भदौ २८ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्यांकन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।  उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई  नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताए ।   साख मूल्यांकनका लागि ‘फिच क्रेडिट रेटिङ’ कम्पनीको टोली नेपाल आएको हो । टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार