Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सानिमा बैंकका ग्राहकहरुले सिजी डिजिटलमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकहरुले सिजी डिजिटलमा विशेष छुट पाउने

अर्थ प्लस
सानिमा बैंकका ग्राहकहरुले सिजी डिजिटलमा विशेष छुट पाउने

बुधवार, असोज ९ २०८१
काठमाडौँ - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग (QR Scan) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (EMI) मा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ । सो क्यासब्याक प्राप्त गर्न न्युनतम ३० हजारको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् । 

सम्बन्धित समाचार