Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम, ३९२ जनाले गरे रक्तदान

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम, ३९२ जनाले गरे रक्तदान

अर्थ प्लस
प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम, ३९२ जनाले गरे रक्तदान

काठमाडौँ - प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले असोज ११गते आफ्नो १७ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो । 

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत श्री संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे । 

आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिकसेवाका कार्यहरु गर्दैजाने प्रतिबद्घता पनि व्यक्त गरे । 

सम्बन्धित समाचार