Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

चिनियाँ केन्द्रीय बैंकले घटायो ब्याजदर

चिनियाँ केन्द्रीय बैंकले घटायो ब्याजदर

अर्थ प्लस
चिनियाँ केन्द्रीय बैंकले घटायो ब्याजदर

काठमाण्डौ । चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । चीनको केन्द्रीय बैंक,‘पिपुल्स बैंक अफ चाइन(पीबीओसी)’ले सोमबार २५ बेसिक प्वइन्टले ब्याजदर घटाएको हो ।  

पीबीओसीले एक वर्षे कर्जाको प्राइम रेट(एलपीआर) ३.१ प्रतिशत कायम गरेको छ भने ५ वर्षे रेट ३.६ प्रतिशत कायम गरेको छ ।  

१ वर्षे एलपीआरले चीनको कर्पोरेट कर्जा र अधिकांश घरेलु कर्जालाई प्रभावित पार्ने गर्छ । यस्तै ५ वर्षे एलपीआरले मोर्गेज रेटलाई प्रभावित तुल्याउँछ ।  

चीनमा यतिबेला मुद्राको आपूर्ति र खर्चभन्दा पनि मुद्राको माग मुख्य समस्याको रुपमा रहेको छ । त्यसैले कर्जा प्रवाह बढाउन केन्द्रीय बैंकले ब्याजदर कटौतीको नीति लिएको छ ।  

सम्बन्धित समाचार