Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

माछापुच्छ्रे क्यापिटलको ७८ हजार ४९४ कित्ता शेयर बिक्रीमा

माछापुच्छ्रे क्यापिटलको ७८ हजार ४९४ कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
माछापुच्छ्रे क्यापिटलको ७८ हजार ४९४ कित्ता शेयर बिक्रीमा

काठमाडौँ, कात्तिक ९ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनी पंकज चन्द्र श्रेष्ठको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर क्यापिटलका संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउँछन् । इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीले खरीदका लागि आवेदन नदिएमा सर्वसाधारणमा बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।

सम्बन्धित समाचार