Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तीन महिनामा ६ करोड राजश्व संकलन

तीन महिनामा ६ करोड राजश्व संकलन

अर्थ प्लस
तीन महिनामा ६ करोड राजश्व संकलन

काठमाडौँ, कात्तिक ९ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१\८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ ।

चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरले जनाएको छ । उपमहानगरका अनुसार आव २०८०\८१ मा सो अवधिमा तीन करोड ५० लाख मात्र राजश्व सङ्कलन भएको थियो । चालु आवमा ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । गत आवमा ३६ करोड राजश्व सङ्कलन भएको थियो । 

चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरले जोड दिएको छ । 

सम्बन्धित समाचार