Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ऊर्जा राज्यमन्त्री तामाङकै निर्माण कम्पनी कालोसूचीमा, कुन- कुन परे ?(सुचिसहित)

ऊर्जा राज्यमन्त्री तामाङकै निर्माण कम्पनी कालोसूचीमा, कुन- कुन परे ?(सुचिसहित)

अर्थ प्लस
ऊर्जा राज्यमन्त्री तामाङकै निर्माण कम्पनी कालोसूचीमा, कुन- कुन परे ?(सुचिसहित)

काठमाडौं, कात्तिक २३ । नेपाली काँग्रेसका सांसद तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनीसहित १२ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक दर्जन निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्दा राज्यमन्त्री तामाङको कम्पनी पनि उक्त सूचीमा परेको हो।

कार्यालयले ती कम्पनीहरूलाई एकदेखि दुई बर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक गरेको सूचनामा जनाइएको छ।

काठमाडौंको कान्छाराम/एनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेका छन्। कान्छाराम कन्स्ट्रक्सन कांग्रेस सांसद पूर्णबहादुर तामाङको कम्पनी हो। उनी  रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

त्यस्तै, कार्यालयले ४ वटा ठेकेदार कम्पनीलाई साढे दुई वर्ष, २ वटा कम्पनीलाई दुई वर्ष, ५ वटा कम्पनीलाई साढे १ वर्ष र ७ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।

यसरी कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीदका कारवाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ।

 

कालोसूचीमा परेका कम्पनीहरूको विवरणः

सम्बन्धित समाचार