Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नबिल बन्यो सबैभन्दा धैरै कर तिर्ने बैंक, कस- कसले पाए सम्मान (सूचीसहित)

नबिल बन्यो सबैभन्दा धैरै कर तिर्ने बैंक, कस- कसले पाए सम्मान (सूचीसहित)

अर्थ प्लस
नबिल बन्यो सबैभन्दा धैरै कर तिर्ने बैंक, कस- कसले पाए सम्मान (सूचीसहित)

काठमाडौं, मंसिर १ । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच  विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् । यसअघि उनका बुवा विजयबहादुर शाह तीन पटक सबैभन्दा बढी आयकर तिरेको व्यक्तिको रुपमा सम्मानित भएका थिए । उनकी दिदी पनि एक पटक सबैभन्दा बढी आयकर तिरेको आधारमा सम्मान पाएकी छन् । पछिल्लो १३ वर्षमा शाह परिवारका सदस्य ६ पटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिरेको छ ।

बैंकतर्फ  उत्कृष्ट करदाताका रूपमा नबिल बैंकले सम्मान पाएको छ। त्यस्तै शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ तारागाउ रिजेन्सी, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटलाई विभागले सम्मान गरेको छ। ऊर्जातर्फ भोटेकोसी हाइड्रोपावर, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई विभागले सम्मान गरेको छ ।

मूल्य अभिवृद्धिकर (भ्याट) बढी तिर्नेमा चिनियाँ लगानीको होग्सी सिमेन्ट परेको छ। यस्तै सोल्टी इन्टरप्राइजेज र वरुण वेभरेजले पनि उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।

यी हुन् यस वर्षका उत्कृष्ट करदाताहरू

सबैभन्दा धेरै आयकर तिर्ने : नेपाल टेलिकम

एकलौटी फर्मतर्फ : श्रुति ट्रेडर्स

निर्यात : डाबर नेपाल

सूचना प्रविधि निर्यात : कोडावतार टेक प्रालि

कृषि तथा पशुपंक्षीजन्य उद्योग : पतञ्जलि आयुर्वेद

बैङ्क तथा वित्तीय संस्था : नबिल बैङ्क

स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ : लुम्बिनी मेडिकल कलेज

पर्यटन व्यवसाय : तारागाउँ रिजेन्सी होटल

वस्तु व्यापार : भाटभटेनी सुपर मार्केट

५० करोडदेखि १ अर्बसम्मको कारोबारमा बढी कर तिर्ने : सीडीएस एन्ड क्लियरिङ

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स तथा मनि ट्रान्सफर : सिटी एक्सप्रेस मनि ट्रान्सफर

व्यक्तिगत आयकर : राजबहादुर शाह

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमित : होङ्सी सिमेन्ट

५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने : सोल्टी इन्टरप्राइजेज

विशेष उद्योग : वरुण वेभरेज

सम्बन्धित समाचार