Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित

अर्थ प्लस
वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित

काठमाडौं, मंसिर १ । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए ।

कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।

चार दशकअघि काठमाडौंबाट सुरु भएको भाटभटेनीको शाखा सञ्जाल देशका प्रमुख सहरहरुमा रहेको छ । अहिलेसम्म यो सुपर मार्केटको नेपालरि १८ वटा शाखा रहेका छन् ।

काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् ।

त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा, दमक र बिर्तामोडमा चलिरहेका छन् । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

सम्बन्धित समाचार