Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

गभर्नर अधिकारीको एक वर्षको भत्ता ४४ लाख ९७ हजार

गभर्नर अधिकारीको एक वर्षको भत्ता ४४ लाख ९७ हजार

अर्थ प्लस
गभर्नर अधिकारीको एक वर्षको भत्ता ४४ लाख ९७ हजार

काठमाडौं, मंसिर ५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ पाएका छन् । जसमा गभर्नरले १६ लाख ३२ हजार तलबको रुपमा र ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ताका रुपमा लिएका छन् ।

राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।

प्रतिवेदनअनुसार डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार रुपैयाँ लिएका छन् । मिश्रले तलबको रुपमा १४ लाख ६० हजार ४०० र सञ्चालक समितिको बैठक भत्ताको रुपमा ३ लाख १५ हजार पाएका छन् ।

यस्तै, डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब पाएकी छन् । उनले सञ्चालक समितिको बैठक भत्ताबापत २ लाख ९७ हजार र ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ताको रुपमा लिएकी छन् ।

सम्बन्धित समाचार