Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह सिर्जना गरेको छ : अर्थ मन्त्रालय

क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह सिर्जना गरेको छ : अर्थ मन्त्रालय

अर्थ प्लस
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह सिर्जना गरेको छ : अर्थ मन्त्रालय

काठमाडौं, मंसिर ७ । अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्ताहरूमा उत्साह सिर्जना गरेको बताएको छ ।

शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको सङ्केत गरेको जनाएको हो । ‘दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरे । उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’

सम्बन्धित समाचार