Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

अर्थ प्लस
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं, मंसिर १० । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।  विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले आइतबार श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई सिफारिस गरेको थियो ।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन  थियो ।

सम्बन्धित समाचार