Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नीतिगत व्यवस्थामा भएन परिवर्तन (पूर्णपाठ)

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नीतिगत व्यवस्थामा भएन परिवर्तन (पूर्णपाठ)

अर्थ प्लस
मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नीतिगत व्यवस्थामा भएन परिवर्तन (पूर्णपाठ)

काठमाडौं, मंसिर १४ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्य दिशालाई नै निरन्तरता दिइएको छ । सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको राष्ट्र बैंकले जनाएको छ ।

‘अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृष्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको हो,’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत भनेको छ, ‘मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने गरी तरलता व्यवस्थापन गर्दै गएका छाैं ।’

यस्तै ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।

सम्बन्धित समाचार