Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

अर्थ प्लस
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

काठमाडौं, मंसिर १७ । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४ करोड ७९ लाख रुपैयाँ मुद्दति निक्षेपको लागि बैंक र वित्तीय संस्थाबाट प्रस्ताव माग गरेको छ। यस रकमलाई उपदान र पेन्सन कोषबाट मुद्दति निक्षेपको रूपमा राख्नका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरिएको हो।

राष्ट्र बैंकले उक्त रकमलाई वाणिज्य बैंकहरूमा ३ अर्ब २३ करोड ८५ लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६० करोड ७१ लाख, र राष्ट्रियस्तरका वित्तीय संस्थामा २० करोड २३ लाख रुपैयाँ जम्मा गर्ने जनाएको छ ।

यस निक्षेपका लागि प्रस्ताव पेश गर्ने प्रक्रिया २०८२ सालको मंसिर महिनाको १९ गते राति १२ बजे सम्म हुने छ। प्रस्ताव प्रस्तुत गर्न चाहने बैंक तथा वित्तीय संस्थाले रकम र ब्याजदर सहित प्रस्ताव पेश गर्नुपर्नेछ। राष्ट्र बैंकले उक्त निक्षेप ३६६ दिनको अवधिको लागि जम्मा गर्ने छ, जसको अवधि पुस १ गतेदेखि २०८२ मंसिर ३० सम्म रहनेछ।

बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

सम्बन्धित समाचार