Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध: अर्थमन्त्री पौडेल

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध: अर्थमन्त्री पौडेल

अर्थ प्लस
घरजग्गा कारोबारलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध: अर्थमन्त्री पौडेल

काठमाडौं, मंसिर २८ । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा शुक्रबार काठमाडौंको हिल्टन होटलमा भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्गको रुपमा बुझ्नलाई आग्रह गरेका हुन् ।

उनले भने, जग्गा तथा आवासको विषयलाई निरपेक्ष रुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन् । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्ग हो । महत्वपूर्ण कडि हो भन्ने राख्दछु । त्यसैले मुनाफाको लागि व्यवसायको रुपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रुपमा म सम्मान गर्न चाहन्छु ।

उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए । अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नु पर्‍यो । र यो छिटो कार्यान्वयनमा आउनुपर्‍यो भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।

अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरुमा घर जग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।

सम्बन्धित समाचार