Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

आइएमई पे एपबाट आइइएलटिएस परीक्षाको शुल्क तिर्दा अब २ हजार रुपैयाँ छुट पाइने

आइएमई पे एपबाट आइइएलटिएस परीक्षाको शुल्क तिर्दा अब २ हजार रुपैयाँ छुट पाइने

अर्थ प्लस
आइएमई पे एपबाट आइइएलटिएस परीक्षाको शुल्क तिर्दा अब २ हजार रुपैयाँ छुट पाइने

काठमाडाैं, पुस ३ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आइइएलटिएस  परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ छुट दिने भएको छ । यसअघि आइइएलटिएस परीक्षाको शुल्क भुक्तानीमा १ हजार रुपैयाँ छुट सुविधा दिएको कम्पनीले यसपटक भने २ हजार रुपैयाँ छुट दिने भएको हो । 

सो  सुविधालाई अझ  परिष्कृत  गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आइइएलटिएस टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफरअनुसार  १ हजार रुपैयाँ छुट सुविधा निरन्तर चलिरहने छ । यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एपमार्फत आफ्नो आइइएलटिएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् । 

प्रयोगकर्ताहरूले आइइएलटिएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ति भुक्तानी गर्न सक्नेछन्।  
  
आइएमई पे एपबाट आइइएलटिएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरूले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘आइइएलटिएस टेस्ट बुकिङ’मा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।  नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। 

यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा  स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ। 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधैँ मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।  

सम्बन्धित समाचार