Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वित्तीय प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

वित्तीय प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

अर्थ प्लस
वित्तीय प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडाैं, पुस ३ । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुस ३ गते फेरि एकैपटक १ खर्ब रुपैयाँ तान्ने भएको छ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले फेरि बजारबाट पैसा झिक्न लागिएको जनाएको छ ।

निक्षेप संकलन खरिदका लागि आज बुधबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

सम्बन्धित समाचार