Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ प्लस
बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं , पुस ४ । नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकलाई १६ करोड ८० लाख, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई ३ करोड १५ लाख र ग वर्गका वित्त कम्पनीलाई १ करोड ५ लाख रुपैयाँ लगानी गर्ने जानकारी दिएको छ।

इच्छुक बैंकहरूले पुस ५ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस मुद्दति निक्षेपको अवधि २०८१ पुस ९ देखि २०८२ पुस ९ सम्म ३६६ दिनको हुनेछ।

सम्बन्धित समाचार