Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकले ४० अर्ब तान्न खोज्दा बैंकहरु १९ अर्ब मात्रै राख्न तयार

राष्ट्र बैंकले ४० अर्ब तान्न खोज्दा बैंकहरु १९ अर्ब मात्रै राख्न तयार

अर्थ प्लस
राष्ट्र बैंकले ४० अर्ब तान्न खोज्दा बैंकहरु १९ अर्ब मात्रै राख्न तयार

काठमाडौं, पुस ११ । नेपाल राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा बैंक तथा वित्तीय संस्थाहरुले १९ अर्बको लागि मात्रै आवेदन दिएका छन् ।पुस ९ गते राष्ट्र बैंकले बजारबाट ४० अर्ब खिच्नको लागि प्रस्ताव आह्वान गर्दा बैंकहरुले १९ अर्ब २५ करोड रूपैयाँको लागि मात्र बोलकबोल गरेका हुन् ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनको लागि आज निक्षेप संकलन बोलकबोल उपकरण मार्फत ४० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो ।

यस बोलकबोलमा ९ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएर १५ वटा प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले १९ अर्ब २५ करोड प्रस्ताव गरेपनि केन्द्रीय बैंकले १९ अर्ब २० करोड निक्षेप संकलन गरेको छ ।

सम्बन्धित समाचार