Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

अपि पावरले दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

अपि पावरले दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

अर्थ प्लस
अपि पावरले दार्चुला पावरमा ७३ करोड लगानी गर्ने

काठमाडौं, पुस ११ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउँपालिकामा प्रवर्द्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरेको छ ।

कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित समाचार