Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बन्दना शर्मालाई एनसेल ‘वुमन आइकन आईसीटी अवार्ड’

बन्दना शर्मालाई एनसेल ‘वुमन आइकन आईसीटी अवार्ड’

अर्थ प्लस
बन्दना शर्मालाई एनसेल ‘वुमन आइकन आईसीटी अवार्ड’

काठमाडाैं, पुस ११ । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमनआइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरेका हुन् । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कार पनि पाएकी छन् ।

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आईसीटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् ।

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एन्ड ई–बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटीमा पनि आबद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै, वित्तीय समावेशिता र स्टिम एजुकेसनमा उनको योगदान रहेको छ ।

सम्बन्धित समाचार