Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सामसङद्वारा ३० जना विद्यार्थीलाई एआईमा प्रमाणपत्र वितरण, ६० जना नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

सामसङद्वारा ३० जना विद्यार्थीलाई एआईमा प्रमाणपत्र वितरण, ६० जना नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

अर्थ प्लस
सामसङद्वारा ३० जना विद्यार्थीलाई एआईमा प्रमाणपत्र वितरण, ६० जना नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

काठमाडौं, पुस १२ । आफ्नो विश्वव्यापी सीएसआर पहल ‘सामसङ इनोभेसन क्याम्पस( एसआईसी)’ मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ ।

कम्पनीले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।

साथै कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीलाई पनि स्वागत गरेको छ ।

सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरुलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेडर फर टुमरो! इन्एबलिंग पिपल’ को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ । लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो ।

प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग क.सी र डिन प्रा डा सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार