Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अपर तामाकोशी जलविद्युतबाट ३ महिनापछि विद्युत उत्पादन पुनः सुरु

अपर तामाकोशी जलविद्युतबाट ३ महिनापछि विद्युत उत्पादन पुनः सुरु

अर्थ प्लस
अपर तामाकोशी जलविद्युतबाट ३ महिनापछि विद्युत उत्पादन पुनः सुरु

काठमाडाैं, पुस १४ । बाढीपहिरोबाट क्षतिग्रस्त बनेको अपर तामाकोशी जलविद्युत केन्द्रबाट ३ महिनापछि विद्युत उत्पादन सुचारु भएको छ।

क्षतिग्रस्त संरचना मर्मतसम्भारपछि विद्युत उत्पादन पुनः सुचारु गरिएको आयोजना प्रवर्द्धक अपर तामाकोशी हाइड्रोपावरले जनाएको छ।

अविरल वर्षाका कारण गत असोज १२ गतेमा परेको अविरल वर्षापछि खसेको पहिरोले आयोजना बाँधस्थलमा रहेको ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै सिटिङ बेसिन, बक्स कल्भर्टलगायतका क्षति पुगेको थियो।

क्षतिग्रस्त संरचना मर्मतपछि पुस ९ गते साँझ ७ः४० बजेबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार