Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
अटो

सारडा ग्रुपले नेपाल ल्यायो ओमाडा इभि ब्रान्ड, रेन्ज ४३० किलोमिटर, मूल्य ५९ लाख

सारडा ग्रुपले नेपाल ल्यायो ओमाडा इभि ब्रान्ड, रेन्ज ४३० किलोमिटर, मूल्य ५९ लाख

सारडा ग्रुपले नेपाल ल्यायो ओमाडा इभि ब्रान्ड, रेन्ज ४३० किलोमिटर, मूल्य ५९ लाख

काठमाडौं, १९ माघ । नेपाली बजारमा नयाँ विद्युतीय गाड ओमाडा ई फाइभ ब्रान्ड सार्वजनिक भएको छ। नेपालका लागि ओमाडा गाडीको आधिकारीक वितरक सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमडाको ई–५ मोडल सार्वजनिक गरेको हो।

कम्पनीले नयाँ शोरूमसँगै बोल्ड डिजाइन र फिचर रहेको ओमाडा इभि नेपालमा बिक्री सुरु भएको छ । कम्पनीको नयाँ सोरुम उत्तरढोकामा र सीतापाइलामा प्रविधिक सेन्टर रहेको बताइएको छ । यो सँगै नेपालको इभि बजारमा नयाँ गाडीको आगमन भएको छ ।

पछिल्लो समय ठूला घरानाले समेत विद्युतीय गाडी भित्र्उन थालेका हुन । एसपीजी अटोमोबाइल्सका प्रवन्ध निर्देशक गौरव सारडाले केही महिनाभित्रै देशभर १२-१५ शोरूम विस्तार गर्ने बताएका छन्।

ओमाडा ई–५ मा ९९ किलोवाट पावर क्षमताको मोटर दिइएको छ । जसले ३४० एनएम टर्क उत्पादन गर्न सक्छ। आक्रामक लुक्स सहित आएको यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम हुनेछ। ६१ किलोवाट आवर ब्याट्री प्याक उपलब्ध दिएको यो गाडीले एक पटकको फुल चार्जमा ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

ओमोडा ई–५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर छन्।

यसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट लगायत १७ बढी एडास सेफ्टी फिचर छन्। गाडीको सुरूवाती मूल्य ५९ लाख ४९ हजार तोकिएको छ।

 

सम्बन्धित समाचार