Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट

अर्थ प्लस
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट

काठमाडौं, पुस २३ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन मुद्दा दायर भएको हो ।

गत पुस ५ गते बसेको मन्त्रिरिषदको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्ण गरेको थियो । सरकारले धितोपत्र बजार संचालनका लागि संगठित संस्थ स्थापना गर्न नेपाल धितोपत्र बोर्डबाट सिफारिस प्रदान गर्ने सम्वन्धित निर्देशिका, २०७९ बमोजिम नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन खुलाएको थियो ।

कृष्णबहादुर थापाले ऐन–नियममा व्यवस्था नभई नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागेको भन्दै रिट दायर गरेका हुन् । उनले निर्देशिकामा मात्रै टेकेर लाइसेन्स दिन नहुने उल्ले गरेका छन् ।

सम्बन्धित समाचार