Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारी कोषमा बाँकी रहेको रकम अब अर्थ मन्त्रालयले सिधै खर्च गर्न सक्ने

सरकारी कोषमा बाँकी रहेको रकम अब अर्थ मन्त्रालयले सिधै खर्च गर्न सक्ने

अर्थ प्लस
सरकारी कोषमा बाँकी रहेको रकम अब अर्थ मन्त्रालयले सिधै खर्च गर्न सक्ने

काठमाडौं, पुस २८ । संघीय सञ्चित कोषको सन्तुलनका लागि सरकारले सरकारी कोषको रकम अर्थ मन्त्रालयबाट खर्च गर्ने गरी व्यवस्था गर्ने भएको छ ।  राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेशमा सरकारी कोषमा बाँकी रहेको मौज्दात रकममध्ये पूरै वा आंशिक रकम दायित्व सिर्जना हुँदा कोषमा निकासा हुने गरी व्यवस्था मिलाइने उल्लेख छ । 

‘संघीय सञ्चित कोषको सन्तुलनका लागि प्रचलित कानुनबमोजिम स्थापना भएको अन्य सरकारी कोषमा बाँकी रहेको मौज्दात रकममध्ये पूरै वा आंशिक रकम अर्थ मन्त्रालयले दायित्व सिर्जना हुँदाका बखत सम्बन्धित कोषमा निकासा गर्ने गरी संघीय सञ्चित कोषमा जम्मा गर्न सक्नेछ । त्यस्तो कोषबाट प्राप्त गरेको रकमको लेखा महालेखा नियन्त्रक कार्यालयले राख्‍ने,’ अध्यादेशमा उल्लेख छ ।

सरकारी कोषको विवरण महालेखा नियन्त्रकको कार्यालयले अद्यावधिक गर्नुपर्नेछ । त्यस्तो कोष सञ्चालनमा राखिराख्‍न आवश्यक नदेखिए सरकारले जुनसुकै बेला खारेज गर्न सक्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार