Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

अर्थ प्लस
धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

काठमाडाैं, माघ २ । नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई ६ महिना अवधिका लागि मुद्दतीमा राख्न ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट प्रस्ताव आह्वान गरेको छ।

यसका लागि इच्छुक बैंकहरूले ६ महिने ब्याज दरसहित आजको मितिले ३ कार्यदिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ।

शिलबन्दी फाराम बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिने जानकारी दिइएको छ। साथै, थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न भनिएको छ।

प्रस्ताव पेश गरिएको शिलबन्दी सोही दिन अपरान्ह १ः३५ बजे बोर्डको कार्यालय खुमलटार,ललितपुरमा खोलिने जनाइएको छ।

सम्बन्धित समाचार