काठमाडौं। सायम कलेजले हरेक वर्ष आयोजना गर्ने सायम प्रिमियर लिग (एसपीएल) यस वर्ष पनि हुने भएको छ । प्रतियोगिताकाको पाँचौ संस्करणका लागि भोलि अक्सन हुनेछ ।
त्यसपछि प्रतियोगिताको मिति निर्धारण गरिने कलेजले पत्रकार सम्मेलको आयोजना गरेर जानकारी गराएको छ । कलेजमा अध्ययनरत विद्यार्थीसहित एउटा टोलीमा चार जना अन्य कलेजमा पढ्ने विद्यार्थीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
तर अन्य विद्यालयका विद्यार्थी पनि पोखरा विश्वविद्यालय अन्तर्गतै कलेजमा पढेको हुनुपर्नेछ । प्रतियोगितामा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सायम नाइटराइडर्स, सायम सायम च्यालेन्जर्स, सायम ब्लास्टर्स र सायम सुपर किंग्स नामका टिम रहने जनाएको छ ।
प्रतियोगिताका सबै खेल मुलपानीमा रहेको तल्लो क्रिकेट मैदानमा हुनेछ । अक्सनका लागि मार्की खेलाडीको निर्णय भइ सकेको र ८० जना खेलाडीको नाम दर्ता भएको छ । त्यसमध्ये ६० खेलाडीले मात्र चार टिमबाट खेल्नेछन् । खेल १५ ओभरको खेलाइने प्रतियोगिता संयोजक अभिषेक भण्डारीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि दश लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । कलेजका प्रधानाध्यापक अशोकराज पाण्डेले आफू पनि क्रिकेट प्रति रुचि राख्ने मानिस भएकाले कक्षामा पढाइ मात्र नभएर पढेका कुरालाई विद्यार्थीले व्यवहारमा उतार्न सकुन् भन्ने लक्ष्यका साथ एसपीएलको पाँचौ संस्करण आयोजना गर्न लागेको बताए ।
