काठमाडाैं , माघ ३ । नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको पुस महिनासम्मको किस्ता भुक्तानी गरेको छ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि ५३ करोड ९ लाख ५५ हजार २८१ रूपैयाँ भुक्तानी गरेको हो।
निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक किस्ता भुक्तानी गरेको छ।
२०८१ पुस महिनासम्म निगमले कुल ६ अर्ब ८५ करोड ९५ लाख १२ हजार ८१४ रूपैयाँ ऋण भुक्तानी गरेको छ ।
