Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

अर्थ प्लस
सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

काठमाडाैं, माघ १० । उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले हालको सरकार ‘दिन गनेर बस्ने होइन, बरु काम गरेर जनतालाई आशा दिलाउने’ भन्ने कुरा स्पष्ट पारेका छन् । उनले बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा सरकार जनतालाई आशा प्रदान गर्न केन्द्रित रहेको बताएका छन् ।

पौडेलले भने, ‘अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै जानेछौँ। सरकार दिन गनेर बस्दैन, काम गर्नेछ। निराशालाई आशामा बदल्नेछौँ। हामी देश छोडेर जाने वातावरण हटाउन प्रयत्नशील छौँ।’

संकट र चुनौतीहरूको सामना गर्दै राष्ट्रिय वाणिज्य बैंकले यहाँसम्म पुग्न सकेको भन्दै पौडेलले भविष्यमा अन्य बैंकहरूलाई उछिन्ने उद्देश्य पनि बैंकको अगाडि राख्न निर्देशन दिए । उनले बैंकको उन्नति र प्रगतिको लागि साझा उद्देश्य राख्न पनि आग्रह गरे ।

अर्थमन्त्री पौडेलले बैंकमा रहेको पर्याप्त तरलता उत्पादन र रोजगारी सिर्जनामा लगानी गर्नुपर्ने आवश्यकताको बारेमा बोलेका थिए । साथै, बैंकका कर्मचारीहरूलाई अतिरिक्त मेहनत गरेर अब्बल बनाउने प्रेरणा पनि दिए ।

सम्बन्धित समाचार